कञ्चनपुरमा मध्यरात पेस्तोलसहित ४ भारतीय पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा पेस्तोलसहित ४ जना भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार राति १० बजेतिर भीमदत्त नगरपालिका–६ ऐठपुरबाट उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

हातहतियार बोकेको गोप्य सूचनापछि गएको प्रहरी टोलीले महेन्द्रनगरदेखि गड्डाचौकीतर्फ गइरहेको भारतीय नागरिक जिमेवालले चलाएको यूके ०६ एआर ०८४६ नम्बरको कारबाट पेस्तोल बरामद गरिएको छ।

चालक सिटको पछाडी खल्तीमा लुकाएको अवस्थामा एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। कार चालक जिमेवाल र सवार अन्य तीनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार