कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि चलाए गोली, अवस्था गम्भीर

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गम्भीर घाइे भएका छन्।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेका हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेका छन्।

उनी हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद)मा ड्युटीमा खटिएका थिए । प्रहरीका अनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ।

आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते प्रहरी जवान विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल हुँदै कैलाली धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ।

केही साता अघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीले पनि आफैमाथि गोली हानेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार