१२ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

प्रकाशित:

धनगढी। कैलालीमा करिब साढे १२ ग्राम लागुऔषध खैरो हेरोईनसहित तीन जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट प्रहरीले धनगढी–४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र धनगढी–१३ झलारी बस्ने १८ वर्षीय नविनकुमार ऐरलाई खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार सुपप्र ०२ ००३ प ६११५ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंकाका आधारमा चेक जाँचगर्दा १२ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

यस्तै, आइतबार नै धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट लागुऔषध खैरो हेरोईनसहित थप एक जनालाई पनि पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेमा डडेल्धुराको अजयमेरु गाउँपालिका–५ घर भएर धनगढी उपमहानगरपालिका–१ अस्पताल रोड बस्ने २० वर्षीय निरञ्जन पन्त रहेका छन् ।

उनको साथबाट एक सय मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार