बाल संगठन र खाद्यान्नका विस्थापितले भने– पहुँचवालालाई मात्र व्यवस्थापन गर्नु हामीमाथि अन्याय

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले व्यवसायीहरुमाथी विभेद गरेको भन्दै व्यवसायीहरुले उचित व्यवस्थापनको माग अघि सारेका छन् ।

बाल मन्दिर संघर्ष समिति र खाद्यान्न व्यवस्थापन कम्पनी लिमिटेड संघर्ष समितिले बिहिवार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफूहरुको पनि उचित व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् ।

विगत लामो समयदेखि महेन्द्रनगर वर्षपार्कको पश्चिमतर्फ रहेको नेपाल बाल संगठन बाल मन्दिर र खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा व्यवसाय गर्दै आएका १६८ व्यवसायीहरुले सार्वजनिक जमिन खाली गर्ने नीति अनुरुप संरचनाहरु हटाउने अभियानमा साथ दिएको तर व्यवसायीहरुमाथी विभेद गर्दै पहुँचवाला व्यवसायीको मात्रै व्यवस्थापन गर्न खोजे सामाजिक अन्याय हुने उल्लेख छ।

खाद्यान्न कम्पनी लिमिटेड संघर्ष समितिका संयोजक शेरसिंह कुवँर र बालमन्दिर संघर्ष समिति संयोजक डम्बर बहादुर खड्काद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारले नै सामाजिक न्यायको समेत ख्याल नगरी केही पहुँचवाला व्यवसायीलाई मात्रै व्यवस्थापन गर्ने कुराले हामीमाथि अन्याय गरेको महसुस गरेका छौं।’

आफूहरुको उचित व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार