बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु, बिचल्लीमा परिवार !

प्रकाशित:

बैतडी । बैतडीको मेलौलीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु भएको छ। मेलौली नगरपालिका–०८ कोटिगाँउ जमाडीकी २९ वर्षिया स्वास्थ्य स्वयंमसेविका सिता बिष्टको मृत्यु भएको हो ।

पुष २९ गते घर नजिकै जगंलमा घास काट्ने क्रममा भिरबाट लडेर बिष्ट गम्भीर घाईते भएकि थिईन। गम्भीर अवस्थामा रहेकि बिष्टलाई उपचारको लागि डडेल्धुरा लगिएको थियो।

डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएकी बिष्टलाई धनगढीबाट पनि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको पारिवारीक श्रोतले जनाएको छ।

अचेत अवस्थामा रहेकि बिष्टलाई घर ल्याउदैँ गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको हो । मृतक बिष्टका एक छोरा र एक छोरी छन् ।

रोजगारीको लागि भारत गएका श्रीमान विगत २/३ वर्षदेखी सम्पर्क विहिन छन। सासुआमा र दुई छोराछोरीको साथमा रहदैँ आएकी बिष्टको मृत्युले परिवार बिच्चलीमा परेको छ।

ताजा समाचार

सम्बन्धित समाचार