प्रधानमन्त्री ओलीलाई भेटेर एमाले सुदूरपश्चिमका नेताले गराए विकास समस्याको ध्यानाकर्षण

प्रकाशित:

कञ्चनपुर। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले सुदूरपश्चिमका नेताहरुले प्रदेशका विकास समस्याहरु बारे ध्यानाकर्षण गराएका छन्।

बालुवाटारस्थित कार्यकक्षमा भेट गर्दै एमाले पोलिट ब्युरो सदस्य समेत रहेका सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल, एमाले नेताहरु निरु पाल, नरबहादुर धामी, कृपाराम राना लगायतले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

एमाले पोलिट ब्युरो सदस्य रावलका अनुसार महेन्द्र राजमार्गको गड्डाचौकी खण्डदेखि ६ लेनको सडक निर्माण कार्य प्रारम्भ गर्न, दैजी छेला औद्योगिक क्षेत्रको रुख कटान, महाकाली कोरिडोर, सुख्खा बन्दरगाह निर्माण, प्रदेश राजधानी, मेडिकल विश्वविद्यालय लगायत विषयमा छलफल गरिएको छ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा घोषणा गरिएको राष्ट्रिय विज्ञान तथा प्रोद्धोगिकी प्रतिष्ठानको जडिबुटी प्रशोधन, अन्वेषण तथा प्रमाणीकरणको केन्द्र स्थापनाका लागि पहल गर्न पनि अनुरोध गरिएको हो।

सात प्रदेश सात पर्यटकीय सर्किट निर्माण गर्न अनुरोध गर्दै ‘देवाटवी पर्यटकीय सर्किट’ निर्माणका लागि अनुरोध गर्दै दार्चुलाको उकु स्थित हरिहर मन्दिर सहितको पुरातात्विक स्थलको पुनर्निर्माण गर्न अनुरोध गरिएको रावलले बताए।

ताजा समाचार

सम्बन्धित समाचार