काठमाडौँ। नेपाली युवा गायक युवा युनेश गिरीको क्यानडामा भएको सडक दुर्घटनामा परि निधन भएको छ।
गैरआवासीय नेपाली संघ क्यानडा अनुसार त्यहाँको ब्राम्टन शहरमा बसोवास गर्दै आएका उनको गत मंगलबार सडक दुर्घटनामा परि निधन भएको थियो।
खोटाङ घर भएका गिरी गायक समेत थिए। उनको शव नेपाल फर्काउन गैरआवासीय नेपाली संघ क्यानडाले आर्थिक संकलन अभियान समेत संचालन गरेको छ।
परिवारले गिरीको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति आग्रह गरेपछि ‘गो फन्ड मी’ अभियान संचालन गरिएको संघले जनाएको छ।
संघले सक्दो सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ।