डोटीको अनकन्टार जंगलमा महिलाको शव फेला, सनाखत हुन बाँकी

प्रकाशित:

कञ्चनपुर। डोटीमा जंगलमा एक महिलाको कंकाल भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार सडेको अवस्थामा महिलाको शव भेटिएको हो।

ती महिलाको सनाखत गर्न सकिएको छ। सडेर कंकाल बाँकी रहेकाले शव महिना भन्द्या बढी पुरानो हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार केआईसिंह गाउँपालिका–६ र ७ को सीमामा पर्ने जंगलमा शव भेटिएको हो।

कंकाल भेटिएको स्थान घना अनकन्टार जंगल छ। प्रहरीलाई सोमबार राति खबर आएको थियो।

घाँस दाउरा जाने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीलाई शव भेटिएको स्थान पुग्नै ७ घण्टा लागेको थियो। भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु-याइएको थियो।

प्रहरीका अनुसार नयाँ स्वीटर, ब्लज भेटिएकोले सनाखतका ती कपडा सुरक्षित राखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार