मंगलबार भूकम्प जाँदा काठमाडौंमा एक पुरूषले डेढ तले घरबाट हामफाल्दा

प्रकाशित:

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भयो।यो भूकम्प तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको थियो। त्यहाँ ७ म्याच्नेच्युटको भूकम्प गएको र धक्का नेपालमा पनि महसुस भएको थियो।

भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए।काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूष हामफालेका थिए।

भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए।नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन्।

दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार