कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा सम्पन्न नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधी मण्डली युवा क्लवले जितेको छ। दोधारा चाँदनी–९ को महाकाली स्पोर्टस क्लवलाई हराउँदै दोधारा चाँदनी–६ को मण्डली युवा क्लवले उपाधी जितेको हो।
निर्धारित समयको खेल बराबरी भएपछि पेनाल्टी सुटमा मण्डली युवा क्लवले महाकाली स्पोर्टस क्लवलाई २–१ ले हराएको हो। दोधारा चाँदनी–६ को मैदानमा आइतबार भएको फाइनल खेल निर्धारित समयमा बराबरी भएको थियो।
उपाधी विजेता मण्डली युवा क्लवले ३१ हजार नगद र सिल्ड हात पारेको छ। उपविजेता महाकाली स्पोर्टस क्वलले २१ हजार नगद सिल्ड प्राप्त गरेको छ।
कमलशा युवा क्वलको आयोजना र दोधारा चाँदनी नगरपालिका–६ को सह–प्रायोजनमा पुस १५ गतेदेखि नगर स्तरीय फुटबल प्रतियोगता सञ्चालन भएको थियो। प्रतियोगितामा दोधारा चाँदनीका ६ टीमको सहभागी रहेको थियो।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, डिभेन्डर, गोल किप्पर तथा उत्कृष्ट जुनियर खेलाडीलाई मेडल प्रदान गरिएको छ।
नगरका नवप्रतिभावान खेलाडीको क्षमता अभिवृद्धि र खेलाडी उत्पादनमा टेवा पु-याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको दोधारा चाँदनीका नगर प्रवक्ता समेत रहेका वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेतले बताए।
नगरका सम्पूर्ण वडामा खेल संरचना निर्माण गरेर खेलकुद गतिविधिलाई तीव्रता दिएर नगरको खेल क्षेत्रलाई उकास्न जरुरी रहेको उनले बताए।