काठमाडौं। चीनमा पुन कोरोना भाइरस जस्तै अर्को नयाँ भाइरस भेटिएको छ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार नयाँ भाइरसको नाम ह्युमन मेटान्युमो भाइरस ९एचएमपिभी० रहेको र यो आरएनए भाइरस भएको बताइएको छ।
भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ। यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको सिडिसीले जनाएको छ।
सिडिसीका अनुसार २०२४ को अन्तिम साता सम्मको तथ्याङ्कले यसका संक्रमित बढ्दै गएका छन्।
जसमा ३०.२ प्रतिशत परीक्षणहरू फ्लु पोजिटिभ आएका छन्। यो दर अघिल्लो साताको तुलनामा ६.२ प्रतिशतले बढी हो। साथै, गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित १७.७ प्रतिशत बिरामीमा फ्लु पोजिटिभ पाइएको छ।
यद्यपि, तथ्यले देखाएको छ, कि एचएमपीभी अन्य फ्लु जस्ता रोगहरू (जस्तै, कोभिड-१९, राइनोभाइरस, एडेनोभाइरस) भन्दा अगाडि रहेको छ। चीनमा ६.२ प्रतिशत श्वासप्रश्वाससम्बन्धी परीक्षणहरू एचएमपिभी पोजिटिभ पाइएको छ र ५।४ प्रतिशत अस्पताल भर्ना भएका बिरामी नयाँ भाइरससँग सम्बन्धित हरेको सिडिसीले जनाएको छ।
एचएमपिभीका लक्षणहरूमा खोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा बग्ने समस्या समावेश छन्। गम्भीर अवस्थामा यसले श्वास फेर्न कठिनाइ, ब्रोङ्काइटिस (फोक्सोको हावानलि सुनिने समस्या) वा निमोनियासम्म पुर्याउन सक्छ।
रोकथामका लागि साबुन पानीले नियमित रूपमा हात धुने, अनुहार नछुने, बिरामीसँग नजिकको सम्पर्क नगर्ने र बिरामी भएको अवस्थामा घरमै आराम गर्ने सुझाव दिइएको छ।