कञ्चनपुर। दार्चुलामा बिहिबार राति तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।
मालिकार्जुन गाउँपालिका–४ देवधुराको किराना पसलमा तास खेलिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार १ लाख १३ हजार ७ सय ७५ रुपैयाँ नथद र २ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।