कञ्चनपुर। कञ्चनपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय मनिका कठरिया छन्।
भीमदत्त नगरपालिका–७ खैरेनीमा घर निर्माण गर्ने क्रममा सरीया उठाउने क्रममा बिजुलीको हाइटेन्सन तारमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ।
घाइते कठरियालाई उपचाका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।