२ सहायक हबलदारसहित ३० प्रहरी सम्पर्कविहीन

प्रकाशित:

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई हाजिर हुन आउन भन्दै सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो।

दुई प्रहरी सहायक हबलदार र प्रहरी जवानसहित ३० प्रहरी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ।

गैर हाजिर हुनेमा प्रहरी सहायक हबलदारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

समयमै हाजीर भए उनीहरुलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार