चेक अनादर मुद्दामा फरार बेलौरीका राना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ का कनैया राना रहेका छन्।

उनलाई जिल्ला अदालत कञ्चनपुरले चेक अनादर मुद्दामा मंसिर १४ गते २ वर्ष कैद सजाय सुनाएको थियो।

फरार रानालाई बेलौरी नगरपालिका–४ रिछाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार