कञ्चनपुर। कञ्चनपुरमा २ लाख १५ हजार ३ सय ५० रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१० भुँडा चोकबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याइएको चिनी, सुटपिस, कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।