रहेनन् कञ्चनपुरका कमेडियन महरा, मोटरसाइकल दुर्घटनामा अस्ताए

प्रकाशित:

कञ्चनपुर। कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महराको दुर्घटनामा निधन भएको हो।

महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष ४ मा पुगेका थिए। रियालिटी शोमा दिएको प्रस्तुतिले उनी चर्चामा आएका थिए।

उनै उदयमान कमेडिन महराको दुर्घटनामा निधन भएको हो। महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सु.प.प्र.०१–००१ क २०६० नम्बरको रोकेर राखेको ट्रक देखेर महराले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकलको एक्कासी ब्रेक लगाउदा मोटरसाइकल पल्टिएको थियो।

गम्भीर घाइते महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो। प्रहरीका अनुसार उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो।

थप अनुसन्धानका लागि ट्रक चालक धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ५४ वर्षीय नन्दसिंह बोहरा प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार