काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएल० अन्तर्गत मंगलबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदुरपश्चिमले ब्याटिङ गर्ने भएको हो।
सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रदैछ।
एनपीएलमा सुदुरपश्चिमले पहिलो खेल खेल्न लागेको हो। विराटनगर दोस्रो खेल खेल्दा पहिलो जितको खोजीमा छ।