महेन्द्रनगर । कञ्चनपुरमा राधिका ट्रेडर्स एण्ड सप्लायर्सले किसानहरुका लागि एक दिने बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सोमबार महेन्द्रनगरमा शाखा कार्यालय रहेको उक्त फर्मले किसानहरुकालागि एक दिने बनभोज कार्यक्रम सम्पन्न गरेको सञ्चालक सरोज भट्टले बताए ।
उक्त वनभोज कार्यक्रममा सप्लायर्सका कर्मचारी सँगै सप्लायर्सले सम्बन्धित क्षेत्रका किसानलाई बनभोज कार्यक्रममा समावेश गरेका थिए । यस कार्यक्रमबाट किसानहरुको मनोबलका साथै आफ्नो पेसागत क्षमताको अभिवृद्धिमा सहयोग पुग्ने उक्त फर्मका सञ्चालक भट्टले बताए ।
राधिका ट्रेडर्स एण्ड सप्लायर्सले हिउँदे खेतिको चटारो सकेर थकित किसानहरुलाई थप उर्जा तथा हौसला प्रदान होस् भनि उक्त कार्यक्रम सञ्चालन गरेको हो । राधिका ट्रेडर्सले प्रत्येक वर्ष किसानहरुका लागि बनभोज कार्यक्रम गर्दै आएको छ ।