कञ्चनपुर। शान्ति पुनस्र्थापना गृहले एक वर्षमा १ हजार ८ सय ६४ जनाको उद्धार गरेको छ।
गृहले आर्थिक वर्ष २०८०/०८१ मा मानव बेचबिखनको सिकार भएका तथा जोखिममा रहेका १ हजार ८ सय ६४ जनाको उद्धार गरेको जनाएको छ।
मंगलबार महेन्द्रनगरमा शान्ति पुनस्र्थापना गृहले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमको सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको छ।
वि.सं. २०५० सालमा स्थापना भएको गृहले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र धनुषामा शाखा स्थापना गरेर मानव बेचबिखन तथा तथा ओसारपसार विरुद्धको अभियान चलाउँदै आएको छ।
गत आर्थिक वर्षमा गृहको कञ्चनपुर शाखाले २ सय ९७, कैलालीमा ३ सय ९३, बर्दियामा ६९, बाँकेमा २ सय ९८, दाङमा २९, कपिलवस्तुमा ३ सय ४६, रुपन्देहीमा २ सय ७० धनुषा शाखाले १ सय ६२ जनाको उद्धार गरेको जनाएको छ।
गृहको कञ्चनपुर शाखाले मानव बेचबिखन तथा ओसारपसार र विभिन्न हिंसाको जोखिममा रहेका २ सय ९७ जना प्रभावितहरुलाई उद्धार गरी पारिवारिक पुनर्मिलन र पुनस्र्थापना गरिएको छ।
गृहको सहायतमा एक वर्षको अवधिमा दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, तीन जना विरुद्ध जबरजस्ती करणी र दुई जना विरुद्ध बाल यौन दुरुपयोग तथा दुव्र्यवहारमुद्दा दर्ता गरिएको छ।