कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट तीन लाख बराबरको अवैध सामान बरामद गरिएको छ।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको तीन लाख सात सय ५० रुपैयाँ बराबरको चिनी, मिश्री, सुटपिस, ज्याकेट कपडा, मोटर लगायत समान बरामद गरिएको प्रहरीले जनाएको छ।