नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालको पहिलो जित

प्रकाशित:

काठमाडौं। पाकिस्तानमा भइरहेको नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ।

नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हरायो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो।

नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे। नरेश चौधरीले ७२ रनको योगदान गरे।

२२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो। उसका लागि अबासिनले ५३ रन बनाए।

बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए। यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको थियो। नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार