वनभोजबाट फर्किँदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते, दुईको अवस्था गम्भीर

प्रकाशित:

चितवन। चितवनमा वनभोज खाएर फर्किँदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। कालिका नगरपालिकाको पदमपुरस्थित चित्रवन स्कुलको बस दुर्घटनामा परेको हो।

घाइते २२ जना विद्यार्थीको चितवन मेडिकल कलेज भरतपुर र एक शिक्षकसहित ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। उपचार भइरहेकामध्ये २ विद्यार्थीको अवस्था गम्भीर छ।

कालिका नगरपालिकाको वडा नम्बर ९ मा पर्ने द्रव्यटार भन्ने ठाउँको मोडमा ब्रेक फेल भएर बस दुर्घटना भएको जानकारी पाएको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताए।

चित्रवन स्कुलको म.प्र ०३-००१ क २६७७ नम्बरको बसमा कक्षा ५ देखि १० सम्मका स्काउटमा आवद्ध विद्यार्थी थिए। उपरदाङगढीमा स्काउटको कार्यक्रम सहभागी भई वनभोज खाएर फर्किएको बसमा ३२ जना विद्यार्थी थिए।

ताजा समाचार

सम्बन्धित समाचार