कञ्चनपुर। गृहमन्त्री रमेश लेखकको कञ्चनपुरमा तय भएको नेपाली कांग्रेस पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम स्थगित भएको छ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले भएपछि भेटघाट कार्यक्रम स्थगित भएको हो।
गृहजिल्ला आउन लागेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले सोमबार दिउँसो ३ बजे महेन्द्रनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम थियो।