दोधारा। कञ्चनपुरको दोधारा–चाँदनीमा १० बोरा गहुँ लगायतका समान चोरी भएको छ । दोधारा चाँदनी–७ कञ्चनभोजमा शनिबार मध्यराति दिपक खड्काको घरबाट चोरले १० बोरा गहुँ चोरेको हो । ‘हामी सुतेको बेला चोरले १० बोरा गहुँ लगायतका सामान चोरेर लग्यो’ खड्काले भने, ‘गाउँघरमा चोरको बिगबिगी भएको छ ।’

त्यस्तै केहिदिन अघि दोधारा चाँदनी–१ चक्कीबजारबाट चार बोरा धान र ग्यास सिलेण्डर, चुला लगायतका सरसमान चोरी भएका थिए । जिल्लाको दोधारा चाँदनी लगायतका गाउँबस्तीमा दशैं तिहारको समयमा चोरहरुको बिगबिगी छ ।
