भीमदत्तमा उपचुनाव: एमालेले टुंगो लगायो उम्मेदवार, पूर्व–शिक्षक चन्द लड्ने

प्रकाशित:

कञ्चनपुर। नेकपा एमालेले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा प्रतिस्पर्धा गर्ने उम्मेदवार टुंगो लगाएको छ। उपचुनावमा नेकपा एमालेको तर्फबाट बहादुर चन्द प्रतिस्पर्धा गर्ने भएका छन्।

नेकपा एमाले कञ्चनपुरको सचिवालय बैठकले उपचुनावमा चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष लक्ष्मी बुढाले बताइन्।

एमालेको वडा कमिटीले चन्द र राजेन्द्र आग्रीको नाम सिफारिस गरेको थियो। भीमदत्त नगर कमिटीले सिफारिस गर्दा आग्रीले चन्दलाई समर्थन गरेका थिए। त्यसपछि चन्दलाई सर्वसम्मत अध्यक्ष उम्मेवारको रुपमा प्रस्तुत गरिएको अध्यक्ष बुढाले बताइन्।

एमालेका उम्मेवार चन्द शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन। भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा ४ दशक बढि अध्यापन गराएका चन्द अहिले वडाध्यक्षको दौडमा उत्रिएका छन्।

पार्टी मूल्याङ्क गरेर आफूलाई उम्मेवार बनाएकोमा चन्दले आभार प्रकट गरे। निर्वाचित भएमा जनताको इच्छा, अपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता जनाए।

भीमदत्त नगरपालिका–६ का अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त पद पूर्ति गर्न आगामी मंसिर १६ गते उपचुनाव तोकिएको छ।

यो पनिः कञ्चनपुरमा उपचुनाव लड्न कांग्रेसमा दर्जन बढी आँकाक्षी, कस्ले पाउला टिकट ?

ताजा समाचार

सम्बन्धित समाचार