कञ्चनपुर। कञ्चनपुरमा आसन्न उपचुनाव लड्न नेपाली कांग्रेसमा दर्जन बढी आँकाक्षी देखिएका छन्।
भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा उपचुनाव भिड्न कांग्रेसभित्र आँकाक्षीको ओइरो छ।
कमल चटौत, समरजंग चन्द, हरिश भट्ट, सुमन थापा, गणेशसिंह खत्री, सुरेन्द्र बहादुर बिष्ट, शिवराज भट्ट, कृष्णबहादुर चन्द, प्रकाश बहादुर चन्द, सचिन खड्का, भागरथी देवी विष्ट, सुरेन्द्र प्रसाद भट्ट, आशादेवी चन्द र धनसिंह महराले आँकाक्षा राखेका छन्।
टिकट कस्ले पाउने भन्ने अझै टुंगो छैन। अहिले आँकाक्षीको नाम सिफारिस गर्ने क्रम छ।
भीनपा–६ यसअघि कांग्रेसले जितेको वडा हो। अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि यहाँ उपचुनाव हुन लागेको हो।
यी पनि:
- भीमदत्त-६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट को-को भए सिफारिस?
- भीमदत्तमा उपनिर्वाचनको सर्गर्मीः पार्टीबाट यी हुन् अध्यक्षका आकांक्षी