आर्थिक संकट झेल्दै बनखेतको वृद्धाश्रम, खाना जोहो गर्नै सकस [भिडिओ]

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालका–५ बनखेतमा रहेको वृद्धा आश्रर्म आर्थिक अभाव झेलिरहेको छ। आर्थिक सहयोग प्राप्त नगर्दा आश्रित वृद्धवृद्धालाई खाना खुवाउनै हम्मे हम्मे परेको छ।

बनखेतको महिला तथा वृद्ध सेवा केन्द्रमा दाताको अभाव हुँदा आर्थिक संकट परेपछि आश्रितको बिचल्ली हुने अवस्था सृजना भइरहेको हो।

त्यहाँ ६० जना जेष्ठ नागरिक आश्रित छन्। १८ वर्षदेखि मुठीदानबाट सञ्चालन गरिएको वृद्धाश्रममा अहिले कसैले पनि सहयोग नगरिदिँदा समस्या भएको सञ्चालिका शारदा चन्दले बताए।

‘अब विकल्प खोज्नु पर्ने बेला आएको छ। यो सरकारले जिम्मा लिनु प¥यो या सहज तवरले सञ्चालन गर्ने वातावरण बनाई दिनु प¥यो,’ उनले भनिन्, ‘यसरी वृद्ध आमाबुवाहरुलाई कसरी भोकै राख्न सकिन्छ, कतिदिन आधा पेट मात्रै खाना दिनु!’

भिडिओ

ताजा समाचार

सम्बन्धित समाचार