सेक्टर वन कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले खेतमा परालले छोपेर राखिएको अवैध सालको गोलिया काठ बरामद गरेको छ।
सूचना प्राप्त भएपछि, डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश कुमार साहको नेतृत्वमा खटिएको टोलीले कटहरिया नगरपालिका-२,रौतहटको जमुनिया गाउँको रामजनम दासको खेतमा चार वटा गोलिया काठ फेला पारेको हो।
बरामद गरिएको करिब १६ क्युफिट काठ आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय जन्गलसहियामा पठाइएको छ। वन कार्यालयले यस घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
तिहारको पर्वको समयमा वन कर्मचारी र सुरक्षाकर्मी घर बिदामा गएपछि तस्करहरूले काठको चोरी र निकासी गर्नको लागि यो अवसरको लाभ उठाउने गरेका छन्।