कञ्चनपुरमा नेकोस फिडे रेटिङ्ग बुद्धिचालको अन्तिम तीन चरणका खेल सकिए, र्‍यापिड च्याम्पियनशिप आजबाट

प्रकाशित:

कञचनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा अन्तिम तीन चरणका खेल आज सम्पन्न भएका छन् । शनिबारबाट वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको सोमबारसम्ममा आठौँ चरणका खेल सम्पन्न भएका चेस आर्बीटर विकास चन्दले बताए ।

उनका अनुसार मंगलबार अन्तिम तीन चरणका खेल सम्पन्न हुनेछ । एउटा चरणको खेल सकिन ३ देखि चार घण्टा समय लाग्ने गरेको छ । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ ।

त्यस्तै र्‍यापिड बुद्धिचाल च्याम्पियनशिपका खेलहरु आजबाट सुरु हुने आयोजकले जनाएको छ । यसमा ४५ बढि खेलाडीको सहभागीता रहेको छ ।

र्‍यापिड बुद्धिचाल च्याम्पियनशिप स्विस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रति चालको गरि नौ राउण्डमा खेलाईने छ ।
बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन छन् ।

यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६९ जना खेलाडी सहभागिता रहेको छ ।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेको छ।

यी हुन शिर्ष दश खेलाडी

नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा टप टेन खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । आठौँ चरणको खेल भईसक्दा सम्म दुई खेलाडीले ६ खेल जितेका छन् । जसमा राजन सुवेदी र क्षितिज भण्डारी रहेका छन् ।

त्यस्तै शिर्ष १० मा रुपेश जैसवाल, कृष्ण थापा, प्रकास चन्द्र नेपाल, पुरुस्तोम सिलवाल, धिरेन राई,, तिर्थ बहादुर बिक, सुरत दहाल, टेकेन्द्र राज पाठक, सरोज महर्जन र दिर्घराज जोशी रहेका छन् ।

त्यस्तै सात खेलाडीले हालसम्म पाँच खेल र १५ खेलाडीले चार खेलमा जित हात पारेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार