मध्यरातमा बञ्चरो प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित:

कञ्चनपुर। कैलालीमा बञ्चरो प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

शुक्रबार राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरा देवी चुनाराको हत्या गरिएको हो।

हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए।

बञ्चरो प्रहार गर्ने डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार