जंगल र होटलभित्र जुवा, लाख बढी रुपैयाँसहित समातिए युवा

प्रकाशित:

कञ्चनपुर। कैलालीको दुई ठाउँबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोदावरी नगरपालिका–२ तेघरी सामुदायिक वनको जंगलमा तास खेलिरहेको अवस्थामा २२ हजार ९ सय ५५ रुपैयाँसहित ४ जना पक्राउ परे।

गौरीगंगा नगरपालिका–१ चौमालास्थित होटलको कोठामा तास खेलिरहेको अवस्थामा ८१ हजार ९ सय ४१ रुपैयाँसहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो पनिः कञ्चनपुरमा एकै रातमा समातिए ३७ जुवाडे, १ लाख ८० हजार पाइयो

ताजा समाचार

सम्बन्धित समाचार