कञ्चनपुर। कञ्चनपुरमा एकै राति तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–५ सोभातालमा २७ र कृष्णपुर नगरपालिका–४ किचाईमा १० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन।

उनीहरुको साथबाट १ लाख ८० हजार १ सय रुपैयाँ पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बेलौरी नगरपालिका–५ सोभातालस्थित बाझो घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन्।
उनीहरुको साथबाट ५२ हजार १ सय २८ रुपैयाँ र ४ गड्डी सहित पनि बराबर गरिएको छ।
यस्तै, कृष्णपुर नगरपालिका–४ किचाईस्थित प्रकाश ऐरको घरको कोठाभित्र तास खेलिरहेको १० जना पक्राउ परेका छन् ।
उनीहरुको साथबाट १ लाख २७ हजार ९ सय ७२ रुपैयाँ र २ गड्डी तास बराबर गरिएको छ।