शारदा सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीको ‘फिल्ड भिजिट’

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीको शारदा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन संकायका विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका लागि ‘फिल्ड भिजिट’ गराइएको छ।

विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक मूल्याङ्कनका लागि दोधारा चादनी नगरपालिका–३ स्थिति जीबी आइडल ग्रुपमा ‘फिल्ड भिजिट’ गराइएको छ ।

इच्छा आँकाक्षा भए जे पनि गर्न सकिने र आफूमा भएको सीपलाई प्रयोग गरेर स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्न सकिने जीबी आइडल ग्रुपका सञ्चालक गजेन्द्र भट्टले बताए।

विद्यार्थीहरुमा व्यवसायिक धारण अभिवृद्ध गर्न, स्वदेशमै स्वरोजगारका विकल्पहरुको विकास गर्न एंवम् सर्वाङ्गिण विकासका लागि व्यवस्थापन संकायका विद्यार्थीलाई फिल्ड भिजिट गराउदै आएको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर चन्दले बताए।

विद्यालयले कक्षा ११ र १२ मा शिक्षा एंवम् व्यवस्थापन संकायका कक्षा सञ्चालन गरेको छ।

फिल्ड भिजिटमा विद्यालयका सहायक प्रधानाध्यापक एंवम् व्यवस्थापन संकाय प्रमुख रमेशसिंह साउँद, माध्यमिक संयोजक टीकाराम शर्मा र महेन्द्र शिशु माध्यमिक विद्यालय कैलालीका शिक्षक रोशन बहादुर चन्द परिवेक्षकका रुपमा सहभागी थिए।

ताजा समाचार

सम्बन्धित समाचार