कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार राति साढे १ बजे कालापानी स्थित मान सिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ८१ हजार ४ सय ६० रुपैयाँ नगद र तीन गड्डी तास पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा शुक्लाफाँटा–७ का २४ वर्षीय विपिन सिंह, सोही ठाउँका १८ वर्षीय सौरभ सिंह, २३ वर्षीय सौरभ पाल, ३२ वर्षीय रघुबिर भट्ट, २३ वर्षीय मान सिंह ठगुन्ना, ३० को नरेन्द्र सिंह, ३८ वर्षीय सिद्ध धामी, २४ वर्षीय दीपक बोगटी र ३१ वर्षीय शंकर धामी छन्।