कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–७ कालापानीबाट ९ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा–७ कालापानी स्थित मान सिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय विपिन सिंहसहित ९ जना पक्राउ परेका छन्।

उनीहरुको साथबाट ८१ हजार ४ सय ६० रपैयाँ नगद र ३ गड्डी तास सहित नियन्त्रणमा लिएको छ।