कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट ५० हजार बराबरको अवैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी–१ पक्की पुल, भीमदत्त–९ तुमणानी र पुनर्वास–११ डोके बजारबाट भन्सार छलिको अवैध सामान बरामद गरिएको हो।
भारतबाट भन्सार छलि गरि ल्याएका ५० हजार ५० रुपैयाँ बराबरको बिडि,कुरकुरे, बिस्कुट, कापी ,प्याज, चिनि, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।