कञ्चनपुर। बैतडीमा दुर्घटनाग्रस्त एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ। मापसे गरेर चलाएपछि एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिल्ला अस्पतालको एम्बुलेन्सका चालक ५० वर्षीय प्रकाश चन्दलाई बुधबार राति प्रहरी हिरासतमा राखिएको थियो।

जिल्ला अस्पताल बैतडीबाट गर्भवती बोकेर डडेल्धुरा जाँदै गरेको सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पे नजिकै दुर्घटनामा परेको थियो।

एम्बुलेन्समा एक गर्भवती महिलासहित ३ जना सवार रहेका थिए।
दुर्घटनापछि एम्बुलेन्समा सवार उनीहरुलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको थियो। एम्बुलेन्स नालीबाट निकालेर खोड्पे प्रहरीचौकीमा राखिएको छ।
हिरासतमा रहेका चालक चन्दलाई प्रहरीले बिहिबार छोडेको छ।