इन्टरनेशनल स्कुलमा लोक नृत्य प्रतियोगिता, विजयी विद्यार्थी नगदसहित पुरस्कृत

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुलको चिल्ड्रेन्स क्रिएटिभ क्लब (सीसीसी)ले दसैँ तिहारको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ।

बुधबार विद्यालयको आधारभूत र माध्यमिक तहमा प्रतियोगिता आयोजना गरिएको हो। लोक नृत्य प्रतियोगितामा आधारभूततर्फ प्रसंशा बोगटीको समूह प्रथम भएको छ। उक्त समूहमा सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निश्मा पाण्डेय पनि थिए।

छात्राहश्र प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र छात्र राहुल सुनार सम्मेलित टोलीले द्धितिय स्थान हासिल गरेको छ।

प्रतियोगिताको माध्यमिक तहतर्फ रक्षा भण्डारी, शिक्षा भण्डारी, प्राची बिष्ट, गरिमा कुवर, रेजिना चन्द, सुमित्रा धामी, कृति सुनार र सृस्टि भट्टको समूहले प्रथम स्थान हासिल गरेको छ।

छात्राहरु एलिना भट्ट, प्रशंसा थापा, अञ्जली खड्का, सहारा शाही , दिव्या रावल र आदिती रावलको समूह द्धितिय भएको छ।

विभिन्न लोक संस्कृति तामाङ्ग, मगर, थारु, सुदूर पश्चिमेली तथा नेपाली लोक भाषाका संस्कृति झल्काउने भेषभूषाका आकर्षक नृत्य उनीहरुले प्रस्तुत गरेका थिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले पाँच हजार र द्धितिय स्थान हासिल गर्ने समूहले तीन हजार नगद पुरस्कार प्राप्त गरे।

उनीहरुलाई कार्यक्रमका सभापति विद्यालयको सृजनशील बाल क्लबकी अध्यक्ष कक्षा १० मा अध्ययनरत छात्रा एलिना भट्ट, विद्यालय सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बू, प्रीन्सिपल राजेन्द्र भट्ट र विद्यालय व्यवस्थापन समितिका सदस्य आशिष खत्रीले संयुक्त रूपमा पुरस्कृत गरेका थिए।

No description available.

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। विद्यालय, अभिभावक र विद्यार्थीको असल संयोजन इन्टरनेशनल स्कुलमा पाएको शिक्षा शाखा प्रमुख जोशीले बताए।

विद्यालयमा गरिने अतिरिक्त सृजनशील क्रियाकलापले विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकासमा टेवा पुग्ने उनको भनाइ थियो।

अतिरिक्त क्रियाकलापलाई बढावा दिन भीमदत्त नगरपालिकाले शुक्रबार ‘बुकलेस डे’ बनाएको उनले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौराज बहादुर लिम्बूले दसैँ, तिहार, छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार