कञ्चनपुर । कञ्चनपुरमा नेपाल विद्यार्थी संघ (नेवि संघ) ले माद्यमिक तहका कक्षाहरुमा पनि कमिटि विस्तार थालेको छ । मंगलबार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको श्री कृष्ण माध्यमिक विद्यालयमा नेवि संघ कञ्चनपुरले संगिता बिष्टको नेतृत्वमा इकाई कार्यसमिति गठन गरेको छ । मावि तहका विद्यालयमा पनि नेवि संघले कमिटि विस्तार थालेको नेवि संघ कञ्चनपुरका सचिव दिनेश बिष्टले बताए ।
कृष्ण माविको इकाई कार्यसमितिको सभापतिमा बिष्ट संगै उपाध्यक्षहरूमा पार्वती बिष्ट, रोशन लुहार र दिपिका अवस्थी चयन भएका छन्। त्यस्तै सचिवमा निरुता मल्ल, सहसचिवहरूमा सुजित टिएल, गोरव जोशी, रुवी थापा र कविता ताम्राकार, कोषाध्यक्षमा सुनिता बोहरा चयन भएकी छन्।