काठमाडौं । बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) का अनुसार २८ जना अझै बेपत्ता छन् ।
सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । ४ जना अझै बेपत्ता छन् । यस्तै काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् ।
ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा १२ जना बेपत्ता छन् । यस्तै १७८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।