ममता नजिकिन खोज्दा थुक्थे नरेश, यस्तो छ नयाँ खुलासा!

प्रकाशित:

काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्ले विगतदेखि नै श्रीमान नरेश भट्टबाट अवहेलना र तिरस्कार झेल्दै आएको खुलासा भएको छ ।

नरेश भट्टकै नजिकका साथीहरूले मिडियामा आएर उनका अनेक कर्तुतहरु उजागर गरेका छन् । नरेशका साथीहरूको सम्पूर्ण कुरा सुन्दा उनले श्रीमतीको हत्या पूर्णरूपमा सचेत मनस्थितिमा र लामो योजना बनाएर गरेको स्पष्ट हुन्छ ।

चरम पितृसत्तात्मक सोच भएका नरेशले पहिल्यैदेखि उनले ममतालाई दमन र दवदवामा राखेका थिए । ममताको सहनशीलता र धैर्यले मात्रै उनीहरूको सम्बन्ध अहिलेसम्म जोगिएको साथीहरूले बताएका छन् ।

नरेश र ममता दुवैकी मिल्ने साथी मन्दिराका अनुसार नरेशले ममतासँग सम्वन्धविच्छेद नगरिकनै अर्को विवाह गर्ने सोच बनाएका थिए ।

‘उहाँले मसित बारम्बार अर्को विवाह गर्ने भनेर केटी खोजिदिन भन्नुभएको थियो’ मन्दिराले अमेरिका निवासी सञ्चारकर्मी सच्ची मैनालीसित कुराकानीमा भनेकी छन् ।

नरेशले ममतालाई बारम्बार हात हाल्ने र कुट्ने समेत गरेका थिए । एकपटक श्रीमानको अत्याचार सहन नसकेर ममता बाहिर साथीसँग केही समय बसेकी थिइन् । पछि सासू ससुरा समेत गएर उनलाई फकाएर घर फर्काएका थिए ।

नरेशका अर्का साथी मुकुन्दले नरेशको अर्को घिनलाग्दो हर्कत उजागर गरेका छन् । मुकुन्दका अनुसार श्रीमानबाट बारम्बार कुटाइ खानु परेपछि ममताले एकपटक प्रहरीसमेत गुहारेकी थिइन् ।

त्यसपश्चात भने नरेशले रणनीति परिवर्तन गरे । घरेलु हिंसामा हुने कारवाहीबाट बच्न उनले ममतालाई कुट्नुको साटो थुक्ने गरेका थिए ।

मुकुन्दले भनेका छन्, ‘हातपात गर्दा घरेलु हिंसाको कारवाहीमा पर्ने भएपछि आफूले थुक्न थालेको कुरा उनले मसितै बताएका हुन् । ममताले पनि हातपात भन्दा थुक सहन सजिलो भनेर यो शर्त स्वीकार गरेकी रहिछन् ।’

ममताले सम्बन्ध जोगाउनका लागि श्रीमानको यस्तो घिनलाग्दो हर्कत सहेर बसेको उनी बताउँछन् ।

‘उहाँले सम्बन्ध विच्छेद टार्नका लागि हरसम्भव कोसिस गर्नुभयो । श्रीमानले उनलाई निरन्तर मानसिक त्रासमा राखिरहे । ममताले सबै सहिरहिन् । ममताले श्रीमानको एकोहोरो आधिपत्य सहेर नबसेको भए पहिल्यै सम्बन्ध टुटिसक्ने थियो,’ मुकुन्दकी पत्नीले पनि भनेकी छन् ।

मुकुन्दका अनुसार पछिल्लो समय श्रीमतीसँग भौतिक सामिप्यता नै रुचाँउदैन थिए नरेश । कहिलेकाहीँ श्रीमानको माया खोजेर ममता नजिकिन चाहिन् भने पनि नरेशले थुक्ने गर्थे । एक वर्षअघि बच्चा जन्मेयता उनीहरुको बेड अलग अलग भएको थियो ।

नरेशको भनाइ उद्धृत गर्दै मुकुन्द भन्छन्, ‘मलाई त्यो केटी मनै पर्दैन । जसलाई म एकचोटि मन पराउँदिन उसलाई आजीवन घृणा गर्छु ।’

नरेशले मुकुन्दलाई पनि आफ्नो लागि अर्को केटी खोजीदिन भनेका थिए । तर, आफूले श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर मात्रै अर्को विवाहबारे सोच्न सुझाव दिएको मुकुन्दले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार