कञ्चनपुर। सुदूरपश्चिमका गायक चेतन बोहराको देउडा गीत सुनौलीको कोल लोकप्रिय बन्दै गइरहेको छ । बोहराको उक्त गीतलाई अहिले दर्शक श्रोताले अत्याधिक रुचाएका छन् ।
उक्त गीत युट्युबको २६ नम्बर ट्रेण्डिङ परेको छ। गीतका केही टुक्का टिकटकमा पनि भाइरल छन्। टिकटक प्रयोगकर्ताले ती टुक्कामा टिकटक बनाएर साझा गरिरहेका छन्।
देउडालाई नयाँपन दिएपछि अहिले युवायुवतीहरु गीतमा रमाउन थालेको गायक चेतन बोहराले बताए। देउडालाई नयाँ स्वाद दिन गीतमा फ्युजन गरेर गीत सार्वजनिक गरिएको उनले बताए।
सुदुरपश्चिमको भाषा, संस्कृति र भेषभूषा देखाउन खोजिएको गीतमा शुशिल बोहराको शब्द छन्। गीतमा अन्तराम विष्ट, शुशिल बोहराको लय रहेको छ। म्युजिक भिडियोमा गायक चेतन बोहरा र रेश्मा विष्टको अभिनय रहेको छ ।
भिडिओ