सिन्धुपाल्चोक — अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर लिसंखुपाखर गाँउपालिका-३ का पूर्ववडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर पूर्ववडाध्यक्ष ७३ वर्षीय काजीबहादुर तामाङ र उनकी श्रीमती ७० वर्षीया सुन्तली तामाङको मृत्यु भएको सिन्धपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
एसपी खड्काका अनुसार घरमा सुतिरहेका तामाङ दम्पतीलाई गएराति पहिरोले पुरेको थियो । स्थानीयले खबर गरेपछि अहिले उद्धारका लागि प्रहरी र स्थानीय परिचालित छन् ।
‘शव निकालेर मुचुल्का र अन्य प्रक्रिया भइरहेको छ, जनप्रतिनिधिसँग समन्वय भइरहेको छ, बाटोपिच्छै पहिरो खसेका कारण उद्धारमा समेत समस्या भएको छ,’ उनले भने ।