‘उत्कृष्ट काम गरेको’ भन्दै पुरस्कृत इन्सपेक्टर बिनु शाही यसरी फसिन् ३० लाख घुसकाण्डमा!

प्रकाशित:

काठमाडौं । प्रहरी प्रभाग भैँसीपाटीकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीमाथि मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको आरोप लागेको छ ।

एक व्यवसायीविरुद्ध एक युवतीले ठाडो उजुरी दिएको घटनामा लेनदेन गरेर मुद्दा मिलाइदिन्छु भन्दै ३० लाख रुपैयाँ लिएको आरोप उनीमाथि लागेको हो ।

सानागाउँमा बस्ने एकजना व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ त्रास देखाएर रकम असुलेको घटनाबारे ललितपुर प्रहरीले समेत छानबिन थालेको छ । आफूसँग रकम असुल्न इन्स्पेक्टर शाहीले पनि मिलेको ती घरजग्गा व्यवसायीले आरोप लगाएका छन् ।

यो पनि: ३० लाख लिएको आरोपमा इन्स्पेक्टर बिनु शाहीको जिम्मेवारी खोसियो

इटहरीमा बस्ने एकजना महिलाको खातामा २० लाख नगद र १० लाखको चेक दिएर ‘बलात्कार मुद्दा’ लाग्नबाट आफू बालबाल जोगिएको ती व्यवसायीले बताएका छन् । ती युवतीको उजुरीपछि पक्राउ परेका घरजग्गा व्यवसायीसँग निवेदक पक्षले ३० लाख असुलेका हुन् ।

छलफल गरेपछि दुवै पक्षले मिलापत्र गरेका थिए । तर, विवाद त्यहीँ सकिएन । विवाद अहिले जिल्ला प्रहरी परिसर जावलाखेलमा पुगेको छ ।

यो पनि: इन्स्पेक्टर बिनु शाही फेरि विवादमा, बलात्कार घटनामा ‘आर्थिक अपचलन ’को आरोप

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले घटनाको छानबिन समिति बनाएर अनुसन्धान भइरहेको बताए । ‘छानबिन समिति गठन भएको छ । समितिको प्रतिवेदन आएपछि मात्रै थप भन्न सकिन्छ,’ उनले भने ।

जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेको भन्दै इन्सपेक्टर शाहीलाई दुई दिनअघि मात्रै पुरस्कृत गरेको थियो ।लोकान्तर

ताजा समाचार

सम्बन्धित समाचार