दशैंमा सुकिला नोट साट्ट पाइने, नयाँ नोट नपाउने

प्रकाशित:

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाउने व्यवस्था गरेको छ ।

यो दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने व्यवस्था मिलाइएको हो । यसपालि नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराज पोखेरले जानकारी दिनुभयो ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरुबाट समेत नोट साट्न पाइने छ । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने व्यवस्था गरेको राष्ट्रि बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सट्दै आएको थियो ।

यस वर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार