महेन्द्रनगर । कञ्चनपुरमा दुई दिने निर्माण व्यवस्थापन तालिम सम्पन्न भएको छ । बुधबार देखि निर्माण व्यवसायी संघ कञ्चनपुरको सभाकक्षमा सुरु भएको दुई दिने निर्माण व्यवस्थापन तालिम आज सम्पन्न भएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघ र जिल्लाकोे संयुक्त आयोजनामा सुचारु भएको उक्त दुई दिने तालिम आज सम्पन्न भएको जिल्ला सचिव सुर्य बहादुर चन्दले बताए । उक्त तालिमबाट एक सय भन्दा बढी जिल्लाका निर्माण व्यवसायीहरुले लाभ लिएका छन् ।
निर्माण व्यवस्थापन तालिमले व्यवसायीहरुलाई थुप्रै प्राविधिक र सैद्धान्तिक कुराहरुमा जानकार बनाएको संघका कोषाध्यक्ष दिपक भट्टले बताए ।
त्यस्तै सार्वजनिक खरिद नियमावली देखी टेन्डर प्रक्रिया एवं सम्झौता सम्म गर्नलाई निर्माण व्यवसायीहरुले के कस्ता सावधानी तथा कारर्वाही गर्नुपर्ने रहेछ भन्ने जस्ता कुराहरुमा तालिमले झनै ज्ञान बोध गराएको संघका सदस्य बृज कुमार चन्दले बताए ।
जिल्लामा रहेका निर्माण व्यसायीहरुलाई उनिहरुको काम गर्ने समयमा पर्ने बाधा अवरोध लगायतलाई सहजता दिनकालागि उक्त दुई दिनतालिमको आयोजना गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।
उक्त तालिमका लागि नेपाल निर्माण व्यवसायी महासंघले केन्द्रबाट मुख्य प्रशिक्षकको रुपमा केशब राज आचार्य र प्राविधिक व्यवस्थापकको रुपमा आयुष्मा श्रेष्ठलाई जिल्ला पठाएको थियो ।