त्रिविका पदाधिकारीमाथि हमलाको प्रयास, प्राध्यापकहरूलाई धम्कीपूर्ण फोन : शिक्षामन्त्री

प्रकाशित:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि आक्रमणको प्रयास भएको र प्राध्यापकहरूलाई धम्कीपूर्ण फोन आएको जानकारी दिँदै त्रिविमा सुरक्षा व्यवस्थामा सुधार गर्न गृहमन्त्रीसँग माग गरेकी छन्।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारे जानकारी दिँदै त्रिवि अहिले असुरक्षित अवस्थामा रहेको बताइन्। उनले भनिन्, “सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसंग जोडदार माग गर्दछु।”

हालैका दिनमा त्रिविका पदाधिकारीहरूलाई लक्षित गर्दै हमलाको प्रयास गरिएको र प्राध्यापकहरूलाई धम्कीपूर्ण फोन आउन थालेपछि सुरक्षा अवस्था थप चनाखो बनाउनुपर्ने आवश्यकता देखिएको छ। यसले विश्वविद्यालयको शैक्षिक वातावरणमा असर पर्न सक्ने भन्दै मन्त्री भट्टराईले तुरुन्तै प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन्।

ताजा समाचार

सम्बन्धित समाचार