एनएमबि बैंक महेन्द्रनगरद्वारा बैजनाथ आधारभूत विद्यालयलाई खानेपानी ट्याङ्की निर्माणमा सहयोग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एनएमबि बैंक लिमिटेड महेन्द्रनगर शाखाले श्री बैजनाथ आधारभूत बिद्यालयलाई खानेपानी टयाङकी निर्माणमा सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीकोे स्वास्थ्य तथा शैक्षिक विकासमा सहयोग पुग्नुका साथै विद्यालयमा खानेपानीको सहजता हुँने उदेश्यले विद्यालयलाई खानेपानी टयाङकी निर्माणमा सहयोग गरेको हो ।

विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा बैंकका बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिँहले विद्यालयलाई खानेपानी टयाङकी निर्माणका लागि चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट एरिया मेनेजर शुसिल बहादुर सिँह, तथा महेन्द्रनगर शाखा प्रमुख खेमराज उपाध्याय, बि.डि.एम. अन्जु भट्टको उपस्थिती रहेको थियो ।

बिद्यालयका तर्फबाट बिद्यालय व्यवस्थापक समितीका अध्यक्षका साथै अन्य प्रतिनिधि, वडा कार्यालयका प्रतिनिधी, पि.टि.ए. अध्यक्ष, प्रधानाध्यामक तथा शिक्षक–शिक्षिकाहरु तथा बिद्यार्थीहरुको उपस्थिती थियो ।

एनएमबि बैंक लिमिटेड Bank of the Year, Nepal 201, 2018 & 2020 तथा The Bank of The Year Asia 2021 बिजेता बैंक हो । बैंकले देशका बिभिन्न ठाँउमा यस प्रकारका सामाजिक कार्यकमहरु गर्दै आईरहेको बि.डि.एम. अन्जु भट्टले बताइन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार