कञ्चनपुरमा सितल चिनीका विरुवा वितरण

प्रकाशित:

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले गोबरैया क्षेत्रलाई स्वास्थ्य क्षेत्रको प्रवद्धनका लागि सितल चिनी (मोरिङ्गा)को एक हजार विरुवा वितरण गरेको छ ।

वन डिभिजन कञ्चनपुरको सहयोगमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले सितल चिनी (मोरिङ्गा)को विरुवा स्थानीयहरुलाई वितरण गरेको हो ।

‘स्वाथ्यको लागि अति उत्तम मानिने सितलचिनी बहुगुणी रहेको छ यसमा मानिसलाई लाग्ने ग्यास्ट्रिक, सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुको समस्या, किड्नीको समस्या, थायराईड, मानसिक तनाव, कब्जियत र छाला सम्बन्धि रोग जस्ता ३०० रोग सँग लड्ने क्षमता रहेको बताईन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार